नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा संचालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)ले प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) गोल्ड अवार्ड -२०२३ प्राप्त गरेको छ ।
पर्यटनका माध्यमबाट महिला सशक्तिकरणमा गरेको पहलकदमी दीगोपन तथा सामाजिक उत्तरदायित्वको लागि पाटाले एसटीएलआरपीलाई पाटा गोल्ड अवार्ड २०२३ प्रदान गरेको हो ।
नयाँ दिल्लीमा आयोजित पाटा टार्वल मार्ट २०२३ को कार्यक्रममा अवसरमा पाटा इन्टरनेशनलका अध्यक्ष पिटर सिमोनले उक्त अवार्ड प्रदान गरेका थिए । सन् १९९५ बाट शुरु भएको यो अवार्ड यसपाली विभिन्न २३ वटा संघ संस्थाहरुलाई विभिन्न विधामा प्रदान गरिएको छ ।
एसटीएलआरपी परियोजनाले यसअघि २०२२ मा पनि टुरिजम डेस्टिनेशन रेसिलेन्सि विधाअन्तर्गत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो । यस्तै, २०२३ मा पनि पाटाबाट स्पेशल पाटा अवार्ड समेत प्राप्त गरेको थियो । पाटा अवार्ड प्राप्त गर्नुले परियोजनाले गरिरेहेका कामको मूल्याङ्कन भएको र बोर्डलाई थपकार्य गर्ने प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ)तथा परियोजनाका राष्ट्रिय निर्देशक डा.धनञ्जय रेग्मीले बताए ।
‘हामीले कोभिडको असरसंगै पर्यटकहरुको उद्धार देखि जनशक्ति विकास तथा केही पूर्वाधार विकासमा कार्यहरु निरन्तर गर्दै आइरहेका छौं । हामीले गरेका कामहरुले मुल्याङ्कन गर्दै निरन्तर विभिन्न अन्तरराष्ट्रिय अवार्डहरु प्राप्त गरेका छौं । यसले हामीलाई थप कार्य गर्न प्रोत्साहन मिलेको छ ।’ उनले भने ।
यस्तै, पर्यटकको खोज तथा उद्दारमा खोजमा गरेको योगदानको कदर स्वरुप पनि बोर्डले विभिन्न राजदूतावास तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट सम्मान प्राप्त गरेको थियो । बोर्ड तथा एसटीएलआरपीले कोभिड–१९ पछि महिला तथा अन्य पर्यटन मजदूरको क्षमता अभिवृद्धिसहित पर्यटकीय गन्तव्य निर्माणमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।





























प्रतिक्रिया