नेपालगञ्जमा आज बिहान ९ बजेदेखि ८ बजेसम्म निषेधाज्ञा

नेपालगञ्जमा आज बिहान ९ बजेदेखि ८ बजेसम्म निषेधाज्ञा

केन्द्रबिन्दु
0
Shares

आज (शनिबार) नेपालगञ्जमा कर्फ्यु र निषेधाज्ञालाई खुकुलो पारिएको छ। शनिबार बिहान ६ देखि ९ बजेसम्म निषेधाज्ञासमेत हटाइएको छ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जारी गरेको आदेशमा आज बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म निषेधाज्ञा लगाइएको छ। यसअघि बिहान ६ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा लगाउने गरिएको थियो।

आजदेखि बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु रहने प्रशासनले जनाएको छ। गत मंगलबार एकाएक नेपालगञ्ज अशान्त भएपछि प्रशासनले दिउँसो निषेधाज्ञा र रातिमा कर्फ्यु लगाउँदै आएको छ।

Logo