जितिया जस्तो पर्वले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृद्ध गर्छः प्रधानमन्त्री दाहाल

जितिया जस्तो पर्वले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृद्ध गर्छः प्रधानमन्त्री दाहाल

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् । 

आज एक सन्देश जारी गर्दै प्रचलित संस्कार, संस्कृति र पर्वहरूले सामाजिक जीवनपद्धत्तिका विविध पक्षहरूलाई गतिशील बनाउँने भन्दै सांस्कृतिक पहिचान र प्रतिधिनित्व गर्ने यस प्रकारका मौलिक पर्वहरूले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृद्धसमेत गर्ने बताए । 

‘यस्ता ऐतिहासिक दिनहरूले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गरी सामाजिक सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्दछन् । प्रचलित संस्कार, संस्कृति र पर्वहरूले सामाजिक जीवनपद्धत्तिका विविध पक्षहरूलाई गतिशील तुल्याउँछन् । सांस्कृतिक पहिचान र प्रतिधिनित्व गर्ने यस प्रकारका मौलिक पर्वहरूले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृद्धसमेत गर्दछन् ।’ सन्देशमा लेखिएको छ ।
 

Skip This
Skip This
Logo