युरोप भ्रमण सकेर दुबई पुगेका आरके शर्मालाई भव्य स्वागत

युरोप भ्रमण सकेर दुबई पुगेका आरके शर्मालाई भव्य स्वागत

केन्द्रबिन्दु
0
Shares

युरोपको भ्रमणपछि आफ्नो कर्मभूमि मध्यपूर्व आइपुगेका गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष प्रत्याशी राजेन्द्रकुमार (आरके)शर्मालाई दुबईमा भव्य स्वागत भएको छ । 

गत हप्ता बुधवार आफ्नो कर्मभूमि कतारको दोहामा अध्यक्षको उम्मेदवारी दिएपछि शर्मा साउदी अरब हुँदै बहराइन पुगेर युरोप भ्रमणमा निस्केका थिए । युरोपको करिब एक साता लामो भ्रमण सकेर शर्मा शनिवार बिहान दुबई आइपुगेका हुन् । 

दुबईमा शर्मालाई गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद युएईका अध्यक्ष विकास शाही,निवर्तमान अध्यक्ष तथा आइसीसी कोषाध्यक्षका प्रत्याशी ठाकुर ढुंगाना लगायतका अभियन्ताहरूले स्वागत गरेका हुन् । 

अध्यक्षको उम्मेदवारीका आफ्नो समर्थन जुटाउन तथा विश्वका गैर आवासीय नेपाली अभियन्तासँग छलफल र सुझावको लागि शर्माले यस पटक ४० वटा देशको भ्रमण गरेका छन् । 

असोजको ३० देखि कात्तिक २ सम्म एनआरएनएको विश्व सम्मेलन काठमाडौंमा हुँदै छ । काठमाडौंमा आउनु अगाडि शर्माले आफ्नो कर्मभूमि मध्यपूर्वका अभियन्तासँग छलफल गर्नेछन् ।

Skip This
Skip This
Logo