कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले दिए राजीनामा

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

शनिबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय थियो। तर, विपक्षमा बहुमत सांसदले मतदान गर्ने निश्चित भएसँगै कार्कीले राजीनामा घोषणा गरेका हुन्। 

मुख्यमन्त्री कार्कीले यसअघि गत भदौ २२ गते साँझ पद तथा गोयनीयताको शपथ लिएका थिए ।
    
कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९, नेकपा (एमाले)का उपसभामुखसहित ४०, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी)का चार, जसपा एक र राप्रपाका छ जना प्रदेशसभा सदस्य छन् । जसमा गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा र जसपाले विश्वासको मत दिन अस्विकार गरेको थियो । 

Skip This
Skip This
Logo