आपतकालीन तयारी बलियो नहुनुमा राज्य पक्षकै कमजोरी छः स्वास्थ्यमन्त्री बस्नेत

आपतकालीन तयारी बलियो नहुनुमा राज्य पक्षकै कमजोरी छः स्वास्थ्यमन्त्री बस्नेत

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा राज्यको कमजोरीको कारण आपतकालीन तयारी बलियो हुन नसकेको स्वीकार गरेका छन् । 

आइतबार काठमाडौंमा आयोजित ‘स्वास्थ्यमा आपतकालीन तयारीलाई बलियो बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच सहकार्यसम्बन्धी राष्ट्रिय कार्यशाला’मा मन्त्री बस्नेतले स्रोत साधनको अभाव र सरकारको कमजोरीको कारण स्वास्थ्य आपलकालिन सेवा क्षेत्रमा सोचे अनुसारको कामहरु गर्न नसकेको बताएका हुन् । स्रोत साधनको कमी कमजोरी हुनुमा उनले सरकारकै कमजोरी रहेको स्वीकार गरे ।  

उनले भने,‘स्रोत र साधनको अभावले राज्य र सरकारको कमी कमजोरीको कारणले भने अनुसार कामहरु गर्न सकिरहेको छैन् ।’

मन्त्री बस्नेतले आपतकालिन उद्दार तथा विपद व्यवस्थापनमा न्यून स्रोत साधनको परिचालनमा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो दायित्व पुरा गरिरहेको बताए । उनले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी रुपमा अगाडि लैनान सम्बन्धित निकायसँगको सहकार्य महत्वपूर्ण हुने भन्दै सबैसँग सहकार्य र समन्वय गरी अगाडि बढ्नेमा जोड दिए । 

काठमाडौंमा आजबात सुरु भएको उक्त कार्यशाला भोलिसम्म चल्ने छ ।

Skip This
Skip This
Logo