सरकारले इजरायलमा रहेका नेपालीको उद्धारमा ढिलाई गर्न हुँदैनः सांसद गिरी

सरकारले इजरायलमा रहेका नेपालीको उद्धारमा ढिलाई गर्न हुँदैनः सांसद गिरी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका प्रमुख सचेतक तथा सांसद पदम गिरीले इजरायलमा हमासले गरेको आक्रमणपछि त्यहाँ रहेका नेपालीहरूको उद्धार गर्न ढिलाई नगर्न सरकारलाई आग्रह गरेका छन् । 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद गिरीले यो विषयमा  सरकारले अत्यन्त प्रभावकारी ढंगले आफ्नो कदम उठाउनुपर्ने बताए । ‘ति नागरिकको अभिभावका यो सरकार हो भने उनीहरूको उद्धार गर्न ढिलाई गर्न हुँदैन । यसमा सरकारले अत्यन्त प्रभावकारी ढंगले आफ्नो कदम उठाउनु पर्छ । सरकारले एउटा विज्ञप्ति जारी गरेर मात्र पुग्दैन ।’

सांसद गिरीले प्रधानमन्त्री दाहाल  र इजरायलका प्रधानमन्त्री बिच कुरा हुनुपर्ने र नागरिकहरूको जीवन रक्षाको लागि छलफल गर्नु पर्ने बताए । देशमा अवसर नपाएर विदेशिएका नेपाली दाजुभाइ दिदी बहिनीहरूले यस्ता धेरै पाडाहरू भोगेको उनको भनाई छ । यदि जो कोही नेपाली स्वदेश फर्किन चाहन्छन भने सरकारले सम्बन्धी निकायसँग कुरा गरेर नेपाल ल्याउने व्यवस्था मिलाउन आग्रह गरेका छन् । 

Skip This
Skip This
Logo