‘आमनागरिकको सुविधाका लागि सुपथ मूल्य पसल’ -मन्त्री रिजाल

‘आमनागरिकको सुविधाका लागि सुपथ मूल्य पसल’ -मन्त्री रिजाल

केन्द्रबिन्दु
0
Shares

उद्योग तथा आपूर्ति मन्त्री रमेश रिजालले आम उपभोक्तालाई ध्यानमा राखी चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको बताएका छन् । 

आईतबार काठमाडौंमा आयोजित चाडपर्व लक्षित सुपथ मूल्य पसल २०८० उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री रिजालले आम उपभोक्क्तालाई ध्यानमा राखि अति आवश्यक खाद्य बस्तुहरुको सहज आपुर्तिका लागि सुपथ मुल्य पसल संचालनमा ल्याएको बताएका हुन् । 

बजार मूल्य नियन्त्रण र गुणस्तरीय कायम गरी सरल सर्वसुलव रुपमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गरेको उनको भनाई छ। 

उनले भने,‘आम उपभोक्क्तालाई ध्यानमा राखि अत्तिआवश्यक खाद्य बस्तुहरुको बजार मूल्य नियन्त्रण र गुणस्तरीय कायम गरी सरल सर्वसुलव रुपमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने उद्देश्यले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।’

मन्त्री रिजालले अनुगमनको क्रममा उपभोेक्ताको अधिकार तथा हित विपरित हुने कुनै पनि क्रियाकलापमा संलग्न भएको फेला परेमा जोकोहीलाई पनि सरकारले निर्मम भएर हदैसम्मको कारबाही गर्ने समेत चेतावनी दिए । उनले भने, ‘सरकारले चाडपर्व लक्षित संयुक्त बजार अनुगमन कार्यक्रमको कार्ययोजना तयार गरी निरन्तर बजार अनुगमन समेत गरिरहेको छ । अनुगमनको क्रममा उपभोेक्ताको अधिकार तथा हित विपरित हुने कुनैपनि क्रियाकलापमा संलग्न भएको फेला परेमा जो कोही भए नि सरकार निर्मम भई हदैसम्मको कारबाही गर्न पछि पदैन ।’

देशको कूलग्रास्त उत्पादनमा निजी क्षेत्रको ठूलो योगदान रहँदै आएको र बजारलाई चलायमान बनाई अर्थतन्त्रलाई दरिलो बनाउनमा पनि निजी क्षेत्रको नै भूमिका महत्वपूर्ण रहेको मन्त्री रिजालले उल्लेख गरे । 

Logo