भारतविरुद्ध चलेन अष्ट्रेलियाको ब्याटिङ, १९९ रनमै अलआउट

भारतविरुद्ध चलेन अष्ट्रेलियाको ब्याटिङ, १९९ रनमै अलआउट

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलिया आइसिसी विश्वकप २०२३ मा आयोजक भारतविरुद्ध अलआउट भएको छ ।  

चेन्नईमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुँदै १९९ रनमै समेटिएको हो । भारतीय बलर र फिल्डिङसामू अष्ट्रेलियाको ब्याटिङ चल्न सकेन । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रन तथा डेभिड वार्नरले ४१ रन बनाए । मिचेल स्टार्कले २८ रन तथा मार्नुस लाबुसांगेले २७ रन जोड्नुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् ।

बलिङमा भारतका रविन्द्र जडेजाले २ मेडनसहित ३ विकेट लिए भने कुलदीप यादव र जस्प्रित बुमराहले समान २/२ विकेट लिए । साथै हार्दिक पान्ड्या, मोहम्मद शिराज र रविचन्द्रन आश्विनले समान एकएक विकेट लिए ।

Logo