कुनै समय भारतलाई सुनको चरा भनिन्थ्यो। झन्डै १९ वटा शताब्दीसम्म सबैभन्दा बढी सुन भारतमा रहेको इतिहासकारहरुले बताएका छन् तर तर आज त्यही भारत सुन भण्डारण गर्ने देशको शीर्ष ५ बाट बाहिरिएको छ। उसो भए, सबैभन्दा बढी सुन कुन देशसँग छ त? आउनुहोस्,जानौँ।
विश्वमा सुनको मूल्य सधैँ उच्च रहँदै आएको छ। अहिले सबैभन्दा धेरै सुन भएको देशको कुरा गर्ने हो भने अमेरिका त्यसमध्ये पहिलो नम्बरमा छ। यसमा ८,१३३.४७ टन सुन मौज्जाद रहेको छ।
दोस्रो नम्बरमा जर्मनी रहेको छ। जर्मनी दोस्रो नम्बरमा परे पनि अमेरिका भन्दा झन्डै आधा मात्रै उसँग मौज्जाद रहेको छ। जर्मनीसँग हाल ३,३५९.०९ टन सुनको भण्डार छ।
त्यसको अर्थ जर्मनी स्वर्ण राख्ने हिसाबले दोस्रो स्थानमा छ। भनिन्छ, जर्मनीलाई सुरुदेखि नै सुनप्रति उत्सुकता थियो, त्यसैले आज यो देशमा सुनको सङ्ख्या धेरै छ।
इटाली तेस्रो नम्बरमा आउँछ छ। इटालीमा २४५१.८४ टन सुन भण्डारण भएको छ। इतिहास हेर्नुभयो भने थाहा हुन्छ, कसरी यस देशका राजाहरूले लुटपाट र आक्रमण गरेर आफ्नो खजाना भरेका थिए।
यदि हामी चौथो नम्बरको कुरा गर्छौँ भने, फ्रान्स यो नम्बरमा छ। फ्रान्ससँग २४३६.३५ टन सुन छ। कुनै समय फ्रान्सले विश्वमा प्रभुत्व जमाएको थियो,त्यही बेला उसले यो भण्डारण गरेको हो।
रुस पाँचौं नम्बरमा छ। रुससँग २२९८.५३ टन सुन छ। दोस्रो विश्वयुद्धका बेला रुस र अमेरिका मात्र शक्तिका दुई केन्द्र थिए,रुस शक्ति केन्द्रमा रहँदा यति धेरै संख्यामा सुन भण्डारण गरेको हो।
तर, भारतको कुरा गर्ने हो भने यो सूचीमा भारत ९ औँ स्थानमा छ। गोल्ड हबको रिपोर्ट अनुसार भारतसँग ७४३.८३ टन सुनको भण्डार छ। तथापि, इतिहासमा एक समय थियो,जब भारत सुनको भण्डार भएको देश थियो।





























प्रतिक्रिया