इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन

इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन

केन्द्रबिन्दु
0
Shares

युवा संघ नेपालले इजरायल-हमास द्वन्द्वमा परी ज्यान गुमाएका  नेपाली विद्यार्थीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन गरेको छ । 

उनीहरुले ज्यान गुमाउनेहरुको चिरशान्तिको कामना गरेका छन् । दीप प्रज्वलनमा उपस्थित भएकाहरुले ‘मरो सरकार खोई’, ‘युद्ध रोक’, ‘बचाउँछु भनेको क्षति भो, आस्वासन अब अत्ति भो’,‘डर र त्रास मेटाइदे, स्वदेशमा पाइला टेकाइदे’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रर्दशन गरेका थिए। 

उनीहरुले मृतकका आफन्त र परिवाजनमा समवेदना प्रकट गर्दै धैर्य धारण गर्न सक्ने क्षमता प्राप्त होस भन्ने कामना गरेका छन् ।

Logo