नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेस प्रदेशको आजदेखि जनकपुरधाममा हुन लागेको प्रथम प्रदेश अधिवेशनको सबै तयारी पूरा भएको छ ।
आज अधिवेशनको उद्घाटन हुने र बिहीबार बन्दसत्र हुने एमाले मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा मधेस प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्नेछन् । उनले मधेस प्रदेशको पार्टी कार्यालय ‘मिथिला भवन’ को पनि शिलान्यास गर्ने जनाइएको छ ।
मधेस प्रदेशका इन्चार्ज एवम् केन्द्रीय सचिव भट्टराईले आठ जिल्लाका ३६ वटै पालिका, विभिन्न जनवर्गीय सङ्गठन सहितका निकायबाट गरेर एक हजार २७ प्रतिनिधि अधिवेशनमा सहभागी हुने जानकारी दिए ।
अधिवेशनको उद्घाटन सत्रमा सात हजार एमाले नेता कार्यकर्ताको सहभागिता रहने र अधिवेशनको समुचित व्यवस्थापनका लागि एक सय पाँचजना स्वयम्सेवक परिचालन गरिने जानकारी दिँदै उनले अधिवेशनको सुरक्षा, आवास, भोजन, सांस्कृतिक कार्यक्रम तथा स्वयम्सेवक परिचालन सहितको सम्पूर्ण कार्य पूरा भएको बताए।





























प्रतिक्रिया