वैदेशिक रोजगारीमा रहेकाको सामाजिक सुरक्षा रकम विकासमा खर्च गर्नुपर्छः अध्यक्ष आचार्य

वैदेशिक रोजगारीमा रहेकाको सामाजिक सुरक्षा रकम विकासमा खर्च गर्नुपर्छः अध्यक्ष आचार्य

केन्द्रबिन्दु
0
Shares

गैरआवासीए नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले वैदेशिक रोजगारीमा गएका नेपालीबाट जम्मा भएको सामाजिक सुरक्षाकोषको रकम देश विकासको लागि खर्च हुनुपर्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य’ आर्थिक बहसमा आचार्यले विकसित देशले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम देश विकासका लागि लगाएको भन्दै नेपालमा पनि सामाजिक सुरक्षा कोषमा आवद्ध वैदेशिक रोजगारीमा गएका नेपालीबाट उठेको कोषको रकम चलाएर विकासका कार्यमा लगाउनु पर्ने धारणा राखे । 

उनले भने, ‘विकसित देशमा विकास सोसल सेक्युरिटी फन्डबाट गरेको उदाहरण कयौं छन् । नेपालमा सामाजिक सुरक्षा कोषमा चैत यता नै अरब भन्दा बढी पैसा उठ्यो । भोलि करोडौ नेपाली जो वैदेशिक रोजगारीमा गएका मात्रै नभएर अन्य विधाका पनि समावेश भए भने धेरै अर्थ उठ्छ । त्यसकारण उक्त कोषको आर्थिक चलाय मान गराउनु पर्यो ।’

अध्यक्ष आचार्यले सरकारसँग डलर एकाउन्ट खोल्न पाउनुपर्ने माग दोहोर्याएका छन् । उनले आर्थिक नीति बनाउँदा सबै चुकेको धारणा राखे ।

Logo