एसियाली खेलकुदमा रजत पदक जितेकी एरिकालाई सम्मान

एसियाली खेलकुदमा रजत पदक जितेकी एरिकालाई सम्मान

केन्द्रबिन्दु
0
Shares

चीनको होङझावमा सम्पन्न १९औँ एसियाली खेलकुद करातेमा रजत पदक जितेकी एरिका गुरूङललाई उनी पढेको स्कूलले सम्मान गरेको छ । 

एसियाडमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिकालाई खेलको प्रशंसा र सफलताको लागि उनी पढेको स्कूल शुभकामना बोर्डिङले आज सम्मान गरेको हो । सम्मानपछि एरिकाले आफ्नो स्कूललाई प्रतिनिधित्व गरेको र मेहनतको फल पाएको भन्दै खुशी व्यक्त गरिन् । 

सम्मानपछि छोटो प्रतिक्रिया दिंदै उनले भनिन्, ‘आफ्नै स्कूलबाट यसरी सम्मानित हुन पाउँदा एकदकै खुशी लागिराको छ । आफूले गरेको कडा मेहनतलाई सम्झिँदाखेरी मैले गरेको त्यो दुःखलाइ विर्सन लागिसके । भविष्यमा अझै धेरै स्कूललाई चिनाउँन पाउँ ।’

६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि एरिकाले स्वर्ण पदक जित्ने अवसर गुमाइन् । तर, एसियाडको इतिहासमा नेपाललाई करातेबाट पहिलो रजत उनले दिलाइन् ।

Logo