नयाँदिल्ली ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन् ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि हरेक व्यक्तिले “दुई गजको दुरी” भन्ने नियमलाई ध्यान दिनु पर्नेमा उनले जोड दिए । कोरोनाका कारण विश्वभरी नै धेरै पक्षमा संकट ल्याएको बताउँदै उनले यसलाई अवसरको रुपमा उपयोग गर्नु पर्नेमा जोड दिए।
प्रधानमन्त्री मोदीले सामाजिक रुपमा पनि यसले धेरै उथलपुथल पारे पनि सतर्कता अपनाउँदै अगाडी बढ्नु पर्ने धारणा राखे। “हामी सवै अहिले तल माथि भएका छौँ, हाम्रो सामाजिक जीवनमा धेरै समस्या आएको छ, तर पनि हामी अब अगाडी बढ्नु पर्छ,” उनले एक कार्यक्रममा भने ।
यो समयमा यस समस्याबाट प्रभावित नभएको संसारमै कोही नभएको बताउँदै उनले यसको समाधानका उपायहरुको खोजी भइरहेको जानकारी दिए।
यो रोगबाट कहिले मुक्ति पाइन्छ भन्ने थाहा नभएकाले यसको विरुद्धको खोप पत्ता नलाग्दासम्म सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने लगायतका आधारभूत सतर्कताहरु अपनाउनुको विकल्प नभएको उनको भनाई छ ।रासस/एएनआई































प्रतिक्रिया