युवाहरु दिनानु दिन विदेश पलायन भइरहेका छन्, ऋण थपिएको थपिएकै छः ज्ञानेन्द्र शाही

युवाहरु दिनानु दिन विदेश पलायन भइरहेका छन्, ऋण थपिएको थपिएकै छः ज्ञानेन्द्र शाही

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले देश छोड्ने युवाहरुको संख्या कहालीलाग्दो भएको भन्दै त्यसलाई रोक्न आवश्यक भएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसद शाहीले वितको ९ वर्षमा ४३ लाख युवा विदेशिएको भन्दै यो दुखद् भएको बताएका हुन् । ‘यो ९ वर्षमा १२ हजारभन्दा बढि मान्छेको लास त्रिभुवन विमानस्थलबाट नेपाल फर्किन्छ, झन्डै ४३ लाख युवाहरु विदेश जान्छन् । एकदिनमा ३ हजारभन्दा बढि युवाहरु विदेश गई रहने त्यो त्रिभुवन विमानस्थल विदेश जानको लागि बनाइएको थिएन होला भन्ने लाग्छ ।’ उनले भने ।

उनले वर्षेनी विदेशीने युवाको संख्या बढेको भएपनि देशको आर्थिक अवस्था नसुधारिएको तर्क गरे । 

‘२०६५, ६६ सालमा विदेश जाने युवाहरु १९ हजार थिए भने अहिलेको वर्ष ६ लाख ३० हजारभन्दा बढि छ । युवाहरु विदेश गएको गए छन् । ऋण थपिएको थपिएकै छ । त्यो पैसा कहाँ गयो यसको खोजी गर्नु हाम्रो कर्तव्य हो । ’ उनले भने ।

उनले जति नै परिर्वतनको दुहाई दिएपनि जनताको जीवन परिर्वतनका लागि कुनै काम हुन नसकेको बताए । ‘यो प्रदेश ल्याएका छौं, संघीयता कार्यान्वयन गरेम्, टेबल बजायौं । यो देशले प्रदेशका नाममा २ खर्बको आम्दानी छ । यो वर्षमा ८ खर्बको प्रशासनिक खर्च छ । यो पैसा कहाँबाट ल्याउँने आज मुलुक धरासयी अवस्थामा पुगेको छ । हामी युवाको भविष्य खोज्न आवश्यक छ ।’ उनले भने, ‘यो देश, यो राष्ट्र, मुलुक दिनानुदिन अधोगति तिर लागेको छ । अझै हामी संसदमा बसेर टेबल बजाई रहेका छौ । नेताका सन्तान विदेशमा, जनताका सन्तान खाडीमा यो व्यवस्थाले हुदैँन्, यो अवस्था परिवर्तन गर्नुपर्छ ।’

Logo