माेदी बिना जानकारी कालापानी पुगेपछि सांसद सिंहले भने- ‘सरकारको नालायकीपनको पराकाष्ठा’

माेदी बिना जानकारी कालापानी पुगेपछि सांसद सिंहले भने- ‘सरकारको नालायकीपनको पराकाष्ठा’

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंहले बिना जानकारी छिमेकी राष्ट्रको प्रधानमन्त्रीले नेपालको भूभागको भ्रमण गर्दा पनि सरकार लाचार भएर बसेको भन्दै आक्रोश पोखेका छन् । 

बिहीबार प्रतिनिधि सभा बैठकपश्चात सांसद सिंहले नेपाल सरकारको नालायकीपनको पराकाष्ठा प्रकट भएको दाबी गर्दै भारतमुखी सरकारबाट केही पनि आशा नभएको बताएका हुन् । उनले भने, ‘नेपाल सरकारको नालायकीपनको पराकाष्टा भएको र भारतमुखी भएको कारणले यसरी छिमेकी राष्ट्रको प्रधानमन्त्री नेपालको भूभागमा जानकारी नै नदिई आउँदा पनि सरकार लाचार भएर टुलुटुलु हेरिरहेको छ । यो सरकारबाट हामी के आशा राख्ने ।’ 

यस्तै, सांसद सिंहले यो गठबन्धन सरकारले ज्यानमाराहरुलाई पनि आम माफि दिएको भन्दै सरकारमा जान हुन्न भन्ने पक्षमा आफू रहेको बताए । उनले भने, ‘अहिलेको यो गठबन्धन सरकारले जसले आम माफि दियो ज्यानमाराहरुलाई, यसरी आम माफी दिएर यो सन्देश दिएपछि र हिजो पनि हामीले यो सरकारमा जादैँनौ भनेर राजीनामा दिएपछि अहिले यो गठबन्धन सरकारले जान पर्छ भन्नु जरुरी छैन् । अहिलेको यो सरकारमा जान हुन्न भन्ने पक्षमा म छु ।’ 

Logo