क्वारेन्टाइनलाई व्यवस्थित बनाउन समितिको मन्त्रालयलाई निर्देशन

क्वारेन्टाइनलाई व्यवस्थित बनाउन समितिको मन्त्रालयलाई निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले क्वारेन्टाइनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार बसेको महिला तथा सामाजिक समिति बैठकले क्वारेन्टाइनहरुमा महिला हिंसाका घटनाहरु बढिरहेकोले व्यवस्थित र मर्यादित बसाईको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि निर्माण भएका क्वारेन्टाइनहरु पूर्ण रुपमा महिलामैत्री नभएकाले यौंन हिंसाका घटनाहरु बढेकोले मर्यादित र सुरक्षित क्वारेन्टाइनको व्यवस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताइन् ।

सांसदहरुले क्वारेन्टाइनहरु व्यवस्थित नभएको गर्भवति महिलाहरुको पीसीआर परीक्षण समयमै नहुँदा समस्या भएको बताएका छन् । सांसद अमृता थापाले सुत्केरी महिलाहरुको पीसीआर रिपोर्ट ढिला आउँदा अप्रेसनमा समस्या हुने गरेको बताइन् । पीसीआर परीक्षणलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । महिलाहरु रहेको क्वारेन्टाइनको सुरक्षाका लागि महिला प्रहरीको आवश्यकता रहेको भन्दै उनले महिला प्रहरीको अभाव देखिए म्यादी महिला प्रहरी भर्नाको व्यवस्था गर्न समेत माग गरिन ।

त्यस्तै नेपाली कांग्रेसकी सांसद हिरा गुरुङले क्वारेन्टाइनहरुमा महिलामाथि हिंसाका घटना बढिरहेको अवस्थामा मन्त्रालयले के गरिरहेको छ भन्दै प्रश्न गरिन । क्वारेन्टाइनमा सुत्केरी महिलाहरुले दुःख पाइरहेकाले मन्त्रालयले ध्यानदिनुपर्ने उनको भनाइ छ । नेपाली कांग्रेसकी सांसद महेन्द्रकुमारी लिम्बुले महिलामाथि हुने हिंसाका घटनाहरुमा बोल्न नसक्ने मन्त्री र समिति सभापतिले राजीनामा दिनुपर्ने माग गरिन ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री समेत सहभागि कार्यक्रममा नेकपाकी सांसद गंगा चौधरीले क्वारेन्टाइनमा महिलामाथि हिंसाका घटनाहरु बढिरहेको भएपनि मन्त्रालय र समितिले तदारुकता नदेखाएको आरोप लगाइन । लकडाउनको समयमा सांसदहरुलाई आफ्नो गाउँ जान कुनै समस्या नभएपनि महिला हिंसा बढिरहेको क्षेत्रमा गएर अध्ययन गर्न के ले रोक्यो भन्दै प्रश्न समेत गरिन ।  साथै, उनले महंगा कार्पेट किन्नु भन्दा सीप भएका महिलाहरुलाई प्रोत्साहन गरी स्थानीय स्तरमा उत्पादन हुने गुन्द्री प्रयोग गर्न आग्रह गरिन ।

Skip This
Skip This
Logo