इजरायलमा सम्पर्कविहीन नेपालीको खोजीमा कूटनीतिक सक्रियता बढाउन सांसद पन्तको माग

इजरायलमा सम्पर्कविहीन नेपालीको खोजीमा कूटनीतिक सक्रियता बढाउन सांसद पन्तको माग

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद रघुजी पन्तले सम्पर्कविहीन बनेका नेपालीको खोजी गर्न सरकारलाई इजरायल सरकारसँग कूटनीतिक सक्रियताबाट वार्ता अगाडि बढाउन आग्रह गरेका छन् । 

शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले हराएका युवा बन्धकमा रहेको हुन सक्ने आशंका रहेको भन्दै सरकारले कूटनीतिक सक्रियता बढाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘सरकारले इजरायल सरकारसँग कूटनीतिक तवरबाट वार्ता अगाडि बढाओस् । हराएका युवा बन्धकमा रहेको हुन सक्ने आशंका छ । खोजीका लागि सरकारलाई कूटनीतिक सक्रियता बढाउन आग्रह गर्दछु । संयुक्त राष्ट्र संघका विभिन्न संघ सस्थाहरुसँग कूटनीतिक सक्रियता बढाइयोस् ।’

Logo