ग्लोबल आइएमई बैंकको दसैं विशेष टिकटक प्रतियोगितामा ६० हजार जित्ने माैका

ग्लोबल आइएमई बैंकको दसैं विशेष टिकटक प्रतियोगितामा ६० हजार जित्ने माैका

केन्द्रबिन्दु
0
Shares

ग्लोबल आइएमई बैंक लिमिटेडले युवा युवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न दसैंको अवसरमा टिकटक प्रतियोगिता संचालन गरेको छ । 

उक्त प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई बैंकले दसैंको सामग्रीहरु समावेश गरी तयार गरेको गितमा आफ्नो टिकटक बनाइ बैंकले सार्वजनिक गरेको शर्तहरु पूरा गरी आफ्नो टिकटक पेजमा प्रकाशित गर्नुपर्नेछ । 

प्रतियोगितामा सहभागि मध्य धेरै लाईक आउने तीन जना सहभागिलाई क्रमशः प्रथम पुरस्कार रू ६०,०००, दोस्रो पुरस्कार रू ३५,००० र तेस्रो पुरस्कार रू २५,००० प्रदान गरिनेछ । यो प्रतियोगितामा सहभागि हुन कात्तिक १२ गतेसम्म टिकटक प्रकाशन गरिसक्नुपर्नेछ ।

Logo