नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मनाङ एअरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गरेकाे छ ।
छोटो समयको अवधिमा उक्त एअरले हवाई सुरक्षा नियम उलंघन गरेको पाइएकाले निजको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गरेकाे प्राधिकरणका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले बताएका हुन् । उनले भने, “छोटो समयको अवधीमा उक्त एअरले हवाई सुरक्षामा गम्भीर उलंघन गरेको पाइयो, निजको एओसी निलम्बन गर्छौं ।”
मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा आज बिहान दुर्घटनामा परेको छ । हिजो ओखलढुंगाको रुम्जाटारमा रहेको उक्त एअर शनिबार बिहान रुम्जारबाटबाट पर्यटन लिनका लागि लुक्ला गएको थियो । लुक्लाबाट आज बिहान ७ः१३ मिनेटमा लोबुचे उडेको ‘एन–एएनजे’ कलसाइन भएको हेलिकप्टर खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको हो।
उक्त दुर्घटनामा हेलिकप्टरका पाइलट प्रकाशकुमार सेँडाइ घाइते भएका छन् । उनको अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ । हेलिकप्टर के कारणले दुर्घटना भयो सोबारे थप अनुसन्धानपछि मात्रै विवरण थाहा हुने प्राधिकरणले जनाएको छ ।































प्रतिक्रिया