एमाले अध्यक्ष ओलीलाई भेटेर कोशीका मुख्यमन्त्री कार्कीले भने- धोका दिन्नँ

एमाले अध्यक्ष ओलीलाई भेटेर कोशीका मुख्यमन्त्री कार्कीले भने- धोका दिन्नँ

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । 

एमालेकै समर्थनमा मुख्यमन्त्री नियुक्त भएकै दिन शनिवार साँझ काठमाडौं आइपुगेका उनले बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् । भेटमा मुख्यमन्त्री कार्कीले अध्यक्ष ओलीलाई एमालेसँग आफूले गरेको सहमतिमा धोका नदिने बताएको उनीनिकट स्रोतको भनाई छ । 

कांग्रेसबाट विद्रोह गरेका कार्कीकाे समर्थनमा एमालेका ३९ सांसदसहित आफ्ना पक्षका ८ सांसदले परिचयपत्रसहित भेला भएर सनाखत गरेपछि उनलाई शनिबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । आज उनले पद तथा गोपनीयताको शपथ लिँदैछन् भने एमालेलाई पनि समेटेर मन्त्रिपपरिषद् पनि गठन गर्ने तयारी गरेका छन् । 

Skip This
Skip This
Logo