हनुमानढोकाकाे दसैं घरमा राखियो जमरा

हनुमानढोकाकाे दसैं घरमा राखियो जमरा

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकाकाे दसैं घरमा जमरा राखिएको छ। 

आइतबार नवरात्रको पहिलो दिन दसैं घरमा विधिवतरुपमा ११ः२९ को शुभ साइतमा जमरा राखिएको हो । साे अवसरमा नेपाली सेनाको एक टुकडीले तोप पड्काएर हर्ष बढाई गरेको थियो भने दसैँ घरमा शंख, घण्टा र डमरु बजाएर दुर्गा भगवतीको पूजा, आराधना गरिएको थियो।

गाईको गोबरले लिपेर तयार गरिएको पूजाकोठामा नदी तथा चोखो स्थानबाट ल्याएको बालुवामा विधिपूर्वक जौसहितका अन्न छरेर जमरा राख्ने चलन छ । घटस्थापनापछि दसैं घरमा दैनिक बली दिई विधिपूर्वक पूजाआराधना गरिन्छ। घटस्थापनाका दिन छरिएको जौको अंकुरणलाई दशैंको टीकाको दिन देवीको प्रसादको रुपमा जमरा ग्रहण गर्ने धार्मिक चलन रहिआएको छ ।

Skip This
Skip This
Logo