घटस्थापनाको अर्थात वडादसैंको पहिलो दिन काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिवतरूपमा जमरा राखिएको छ ।
बिहान ११ बजेर २९ मिनेटको साइतमा शुभसाइतमा हनुमानढोका दरबारका पुजारीले जमरा राखेका हुन् । सो क्रममा नेपाली सेनाको ब्याण्ड बाजाटोलीले मंगल धुन बजाउनुको साथै ताेप पड्काएर हर्ष बढाई गरिएको छ । हनुमानढोकाको दसैँघरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मंगल धुन गाइन्छ ।
उक्त हनुमानढोकाका पूजारी सागर खरेलले दुर्गा माताले दैत्यमाथि विजयी गरेको र रामले रावणमाथि विजय गरेको उत्सवको रुपमा दसैँ मनाउने गरेको बताए । उनले घटस्थापनादेखि दैनिक रुपमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन भ्रम्ह्चारिणी र तेस्रो दिन चन्द्रघन्टा गर्दै दशौं दिनसम्म पूजा गर्ने बताए ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
 (28).jpg)
 (13)(1).jpg)
 (15)(1).jpg)





























प्रतिक्रिया