एमालेलक्षित प्रधानमन्त्रीको टिप्पणी- कहिल्यै सरकारमा फर्किन पाइँदैन कि भनेर चिन्तित छ

एमालेलक्षित प्रधानमन्त्रीको टिप्पणी- कहिल्यै सरकारमा फर्किन पाइँदैन कि भनेर चिन्तित छ

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई कमजोर पार्ने र उल्टाउने कोसिस भइरहेको टिप्पणी गरेका छन् । 

आइतबार भरतपुर महानगरपालिकाका -३ मा आयोजित एक कार्यक्रमा प्रधानमन्त्री  प्रचण्डले कहिल्यै सरकारमा फर्किन नपाइने चिन्ताले गठबन्धनलाई कमजोर पार्ने र उल्टाउने कोसिस भइरहेको बताएका हुन् । सरकारले बनाएको मजबुत विदेशी सम्बन्धले नेपाललाई राजनीति स्थायित्व दिने र अब त्यसो भयो भने सरकारमा फर्किन सकिन्न भन्ने त्रासले गठबन्धनलाई कमजोर पार्ने प्रयास भएको उनको तर्क छ । 

उनले भने,‘एकथरी मानिस छटपटिएका छन् । उनीहरुलाई के गरी गठबन्धन कमजोर पार्ने कसरी उल्टाउने यो गठबन्धनले यसरी नै सुशासन ,सामाजिक न्यायको समृद्धिको र देशको राष्ट्रिय स्वाधिनतालाई अझ बलियो बनाउने ,भारत अमेरिका र चीनसँगको सम्बन्धलाई मजबुत  बनाउने भनेको नेपाललाई राजनीति स्थायित्व र विकासको नयाँ गति दिने प्रकृया पनि हो । यसबाट अब फेरि कहिँल्यै सरकारमा फर्किन पाइँदैन कि भनेर एकथरी चिन्तित छन् ।’ 

प्रधानमन्त्री प्रचण्डले कोसी प्रदेशमा गठबन्धनले राम्रो गरेको देख्न नसकेर विभाजन ल्याउने खेल भएको आरोप लगाए । सभापति देउवा र शेखर कोइरालाबीचको समझदारीले त्यो खेल अन्त्य गरिएको उनको भनाई छ । 

उनले भने, ‘कोसी प्रदेशमा गठबन्धनले राम्रो गरेको देख्न नसकेर एकथरि मानिस खेल खेल्न सकिन्छ कि भनेर कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ कि भनेर योजना अन्र्तगत काम गरे । तर शेरबहादुर देउवा र शेखर कोइरालाबीच समझदारी गरेर त्यो खेल अन्त्य गरिएको छ । अब यो गठबन्धनले पूर्ण कार्यकाल यही गतिमा काम गर्ने प्रतिवद्धता म गर्न चाहन्छु ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो विदेश भ्रमणमा भएका समझदारी र सहमतिले नेपालको प्रतिष्ठा, राष्ट्रिय स्वाधीनता  र असंलग्न र स्वतन्त्र परराष्ट्रनीतिलाई नयाँ उचाइमा उठाएको विश्वास व्यक्त गरे । 

Skip This
Skip This
Logo