आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० असाेज २९ गते साेमबार। १६ अक्टोबर २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। मित्र वा आफन्तको सहयोग मिल्नेछ, तर यात्राबाट टाढै रहनु राम्रो।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। साँझपख शुभ समाचार आउन सक्छ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज शत्रुमाथि विजय प्राप्त हुन सक्छ। श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ। शुभकार्यको चर्चा चल्ने र योजना पनि बन्नेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज मनमा निराशा र शरीरमा आलस्य आउला। प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ, तर पारिवारिक जमघट र सद्भाव बढ्ने देखिन्छ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज शुभ कार्यमा सरिक भइने छ। महिला वा मित्रबाट साथ, सहानुभूति र विशेष सहयोग मिल्नेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानी हुनसक्छ। मानसम्मान प्राप्त हुने सम्भावना छ। धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज आस्था र पराक्रममा वृद्धि हुनेछ। सामाजिक र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
भाग्यले साथ दिए पनि मनमा शंका तथा डरका कारण काममा दुबिधा उत्पन्न हुन सक्छ। प्रेमप्रसङ्गमा नरमाइलोपन आउन सक्छ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। कूटनीतिक नियोगको सहयोग मिल्ला। प्रविधि मार्फत काम अघि बढ्न सक्छ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज कला र गलाको प्रभाव बढ्नेछ। सामाजिक र राजनैतिक क्षेत्रमा विभिन्न अवसर जुराउनेछ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नसक्छ। सौन्दर्यतामा धन खर्च हुनेछ। मुद्दा मामिला पनि आउला।

Logo