आजदेखी सुरू भयाे सरकारी खसी बोकाको बिक्री वितरण

आजदेखी सुरू भयाे सरकारी खसी बोकाको बिक्री वितरण

केन्द्रबिन्दु
0
Shares

आजदेखी काठमाडौँमा खसीबोका र च्याङ्ग्राको बिक्रि वितरण सुरु भएको छ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि बडा दशैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री सुरु गरेको हो।

मुस्ताङ, पोखरा, धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्राको बिक्रि वितरण सुरु गर्न लागेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसी, बोका र च्याङ्ग्रा बिक्री गरिनेछ। 

कम्पनीका अनुसार अहिलेसम्म दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने गरी थापाथलीमा ल्याएको छ। खसी, बोका र च्याङ्ग्रा खरिदका लागि यो वर्ष सरकारले ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको थियो।

Skip This
Skip This
Logo