काठमाडौं ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५ लाख नजिक पुगेको छ । यहाँ हालसम्म ४ लाख ९१ हजार भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ ।
विहीबारमात्रै ४०१ जना संक्रमितको मृत्यु भएको भारतमा मृत्तकको कूल संख्या १५ हजार ३०८ पुगेको छ । यहाँ विहिबार एकै दिन १८ हजार बढी संक्रमित थपिए ।
भारतमा २ लाख ८५ हजार निको भएका छन् । १० हजार भन्दा बढीको अवस्था जटिल रहेको समाचारमा उल्लेख छ ।
भारतमा कोरोना संक्रमित दर भयावहरुपले बढेसँगै नेपालमा पनि त्रास उच्च रहेको छ ।





























प्रतिक्रिया