दार्चुलासहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।
दार्चुलापारी भारतको वतन भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर सोमबार बिहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
पछिल्लो समयमा पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम बढ्दै गएको छ। पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएका कारण भूकम्पको जोखिम रहेको भूकम्पविद्हरुले बताउँदै आएका छन्।





























प्रतिक्रिया