काभ्रेमा बुद्धचित्त लुटपाट गर्न आएका समुहबीच स्थानियको झडप, ५ जना घाइते

काभ्रेमा बुद्धचित्त लुटपाट गर्न आएका समुहबीच स्थानियको झडप, ५ जना घाइते

केन्द्रबिन्दु
0
Shares

काभ्रे।
काभ्रेको रोशी गाउँपालिका वडा नं ५ मा बुद्धचित्त लुटपाट भएको छ । गएराति अज्ञात समुहले बुद्धचित्त लुटपाट गरेको हो । सो समुहले ३ वटा घर समेत तोडफोड गरेको छ ।

अहिले घटनास्थललाई प्रहरीले नियन्त्रणमा राखेको छ । बुद्धचित्त लुट्न ४०/५० जनाको समुह आएको र उनीहरुले हवाई फायर समेत गरेका प्रत्यक्षदर्शीहरु बताउँछन् ।

लुटपाटको क्रममा गाउँले र लुटेराहरुबीच दोहोरो झडप भएको थियो । झडपका क्रममा ५ जना घाइते भएका छन् । थप विवरण आउन बाँकी छ ।

Skip This
Skip This
Logo