काठमाडौं ।
महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर ४ लाख ९१ हजार ७८३ मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
संगठनका अनुसार कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ९७ लाख १० हजार २०५ पुगिसकेको छ । जसमध्ये ५२ लाख ७९ हजार ५७९ मानिस निको भएर डिस्चार्ज भएका छन् । करिब ५८ हजार मानिस अहिले पनि कोरोना भाइरसको संक्रमणबाट निकै जटिल अवस्थामा छन् ।
कतिपय मुलुकमा कोरोनाको जोखिम कम भएर बिस्तारै जनजीवन खुकुलो भए पनि कतिपय अवस्थामा जोखिमलाई बेवास्ता गर्दै मानिसहरु सामाजिक दूरी जस्ता सामान्य नियम समेत तोड्न थालेका छन् ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको प्रभाव अझै कायम रहेकाले दोस्रो लहरको चपेटामा पर्न सक्ने भन्दै चेतावनी समेत दिइरहेको छ । खासगरी दक्षिण अमेरिका र भारत जस्ता मुलुकमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित देखिनेक्रम रोकिएको छैन ।





























प्रतिक्रिया