एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुको प्रतिफल घोषणा

एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुको प्रतिफल घोषणा

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुको प्रतिफल घोषणा भएको छ ।

क्यापिटलको हालै काठमाडाैंमा बसेको संचालक समितिको १३१औं बैठकले आर्थिक वर्ष २०७९/०८० का लागि एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरु मध्ये एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीहरुलाई १० दशमलव ५० प्रतिशत (कर सहित) का दरले हुन आउने आठ करोड ७६ लाख ९६ हजार रुपैंयाँ र एनआईसी एशिया ब्यालेन्सड् फण्डले इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले हुन आउने रकम सात करोड ५५ लाख रुपैंयाँ नगद प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

एनआईसी एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत, चाैंथो वर्ष १३ प्रतिशत तथा पाचौं वर्ष अर्थात आ.व. २०७९/८० को लागि घोषणा गरेको १० दशमलव ५० प्रतिशत सहित हालसम्म ७५ दशमलव ५० प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ भने एन आई सी एशिया ब्यालेन्सड् फण्डले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत, तेश्रो वर्ष १३ प्रतिशत र चाैंथो वर्ष अर्थात आ.व. २०७९/८० को लागि घोषणा गरेको १० प्रतिशत सहित हालसम्म ६१ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

साथै, एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले आ.व. २०७९/८० मा १० प्रतिशत नगद प्रतिफल घोषणा गरी मिति २०८०/०५/१७ गतेदेखि सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा जम्मा गरिसकेको जानकारी कम्पनीले दिएको छ ।

Logo