सुस्तावासीले भारतीय बाटो प्रयोग गरेर अब नेपाल छिर्नुपर्ने बाध्यता सकिने भएको छ। नवलपरासीबाट निर्वाचित सांसद बिनोद चौधरीले फागुन मसान्तसम्ममा सुस्ताबासी नेपालको पुल प्रयोग गरेर आवातजावात गर्न पाउने जनाएका छन्।
सामाजिक सञ्जाल टविटरमा एउटा भिडियो राख्दै उनले यो जानकारी दिएका हुन्। ‘म अहिले नवलपरासी सुस्ता नारायणी नदि पारीको सुस्तामा उभिएर बोल्दैछु। पृष्ठभुमिमा नारायणी नदि माथी बनेको पुलको संरचना देख्नुहुन्छ,’उनले आफ्नो सन्देशमा भनेका छन्, ‘यो पुलले अब छिट्टै सुस्ता पारि जानको लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने सुस्तावासिको बाध्यता अन्त्य हुँदैछ, आगामी फागुन मसान्तसम्म यस पुलको निर्माण संपन्न भई सञ्चालनमा आउने मलाइ विश्वास छ।’
उनले सो पुलले भूगोल मात्रै नभई देशको भावना पनि जोडिने जनाएका छन्। ‘यो पुलले देशको भूगोललाई मात्रै होइन सुस्तावासिको भावनालाइ पनि जोड्नेछ’ उनले भनेका छन्।































प्रतिक्रिया