राज्यको प्रशासनिक सँगसँगै जीवनपद्धतिको पुनसंरचना गर्न सकेनौँः राष्ट्रपति पौडेल

राज्यको प्रशासनिक सँगसँगै जीवनपद्धतिको पुनसंरचना गर्न सकेनौँः राष्ट्रपति पौडेल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको प्रशासनिक पुनसंरचना सँगसँगै राज्यको चरित्र र जीवनपद्धतिको पुनसंरचना भने गर्न नसकिएको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलनमा राष्ट्रपति पौडेलले सङ्क्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौतीहरु देखा परेको बताएका हुन् । 

उनले भने, ‘राजनीतिक परिवर्तन पछि देश आर्थिक विकासको चरणमा प्रवेश गरेको छ । तर सङ्क्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौतीहरु पनि देखा परेका छन् । यो चुनौतीको जराबारे मैले सँधै भन्ने कुरा हामीले राज्यको प्रशासनिक पुनसंरचना त गर्यौ तर राज्यको चरित्र र जीवनपद्धतिको पुनसंरचना अझै हुन बाँकी छ ।’

राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्य मान्यता सिद्धान्त  र दर्शनलाई आत्मसाथ गर्न नसके चुनौतीहरुको समाना गर्न नसकिने बताए । नेपालले आर्थिक विकासको लागि चाहिने आर्थिक पूर्वाधार औद्योगिकीकरण  र आन्तरिक उत्पादन तथा आयातको विषयमा बहुपक्षीय साझेदारी आवश्यक भएको उनको भनाई छ । 

Logo