एक्साइडले चाडपर्व विशेष एक्सचेञ्ज महोत्सव आयोजना गर्ने

एक्साइडले चाडपर्व विशेष एक्सचेञ्ज महोत्सव आयोजना गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले दशैं, तिहार र छठ पर्वको अवसरमा विशेष एक्सचेञ्ज महोत्सवको आयोजन गर्न लागेको छ ।

यस विशेष एक्सचेञ्ज महोत्सवमा जुनसुकै ब्राण्डका ब्याट्रीहरु ल्याइ एक्साइड ब्याट्रीसंग एक्सचेञ्ज गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ । साथमा ज्याकपटमार्फत क्यास ब्याक पनि प्राप्त गर्न सकिनेछ । यस पर्व विशेष यस महोत्सव यहि कार्तिक १ गतेदेखी सिमित अवधिको लागि आयोजन गर्न लागिएको कम्पनीको भनाई छ ।

नेपालभरी रहेका एक्साइडका आधिकारीक बिक्रेताहरु मार्फत यस योजनामा सहभागी भई भरपुर फाईदा उठाउन कम्पनीले अनुरोध गरेको छ । थप जानकारीको लागि टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७ तथा हटलाइन नं. ०१–५९७०३३९ मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

Skip This
Skip This
Logo