कोसीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

कोसीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

केन्द्रबिन्दु
0
Shares

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन्। सत्तारुढ गठबन्धनबाट विद्रोही गरी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले आज विश्वासको मत लिन लागेका हुन्। 

गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम उनी मुख्यमन्त्री नियुक्त भएका थिए। उनै नवनियुक्त मुख्यमन्त्री कार्कीले आज संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम विश्वासको मत लिन लागेका हुन्। जसका लागि आज अपरान्ह्र प्रदेश सभामा बैठक आव्हान गरिएको छ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै मुख्यमन्त्री पदका लागि विश्वासको मत लिन लागेका हुन्। कार्की असोज २७ गते मात्रै मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। उनलाई एमाले, उनको पार्टी नेपाली काँग्रेससहित नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने जनाएका छन्। 

Skip This
Skip This
Logo