कार्यकर्तालाई अध्यक्ष ओलीले भने- तपाईंलाई चाहियो भन्दैमा दुई महिनामा भैंसी ब्याउँदैन

कार्यकर्तालाई अध्यक्ष ओलीले भने- तपाईंलाई चाहियो भन्दैमा दुई महिनामा भैंसी ब्याउँदैन

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी ओेलीले पार्टीमा संयमतापूर्वक सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । 

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सदस्यता लिने वित्तिकै ठुलो पद प्राप्त गर्न प्रयास गर्ने गरेको भन्दै अध्यक्ष ओलीले पार्टीको पनि प्रकृतिको जस्तै नियम हुने तर्क गरे । उनले भने, ‘सदस्यता लिएको भोलिपल्टै ठुलो पद ताक्न नहुने भन्दै उनले भने तपाईंलाई चाहियो भन्दैमा दुई महिनामा भैँसी ब्याउँदैन । कुनै पनि चिज प्रकृतिमा अनुशासन छ । प्रकृतिमा नियम छ । र मानव समाजमा पनि अनुशासन नियम चाहिन्छ अनि मात्रै त्यसले सफल परिणाम प्राप्त गर्छ ।’

प्रकृतिबाट अनुशासन सिक्न आवश्यक रहेको बताएका उनले कसैले चाहँदैमा प्रकृतिले आफ्नो स्वरुप नबदल्ने भन्दै एमाले पनि प्रकृति जस्तै नियममा हिँडिरहेको जिकिर गरे । 

त्यस्तै, पछिल्लो समय समाजमा अराजकता बढेको भन्दै अध्यक्ष ओलीले संर्किण ब्यक्तिहरुका कारण समस्या बढेको बताए । ‘अहिले समाजमा एउटा अराजकता बढेको छ । असहिष्णुता बढेको छ । अराजकता त्यसले समाजमा परस्परमा घृणा फैलाउने कामहरु भै राख्या छ । एकतिर राष्ट्रिय एकतालाई कमजोर बनाउने काम भै राख्या छ । विभिन्न खालका संर्किणता, गैरजिम्मेवार खालका अभिव्यक्तिहरु, तरिकाहरु, शैलीहरु ।’ उनले भने, ‘अर्कातिर समाज विकृत गैर जिम्मेवार भै राख्या छ । यस्तो अवस्थामा जिम्मेवारी बोध कसरी गराउने ? मान्छेलाई अनुशासितरुपमा कर्तव्य पथमा लाग्नु पर्छ भन्ने कुरा कसले बुझाउने कसरी बुझाउने ?’

Logo