रेखा थापाले आफू गर्भवती भएको सार्वजनिक गर्दै भनिन्- ‘यस्तो अवस्थामा झन् धेरै काम गर्ने जाँगर चल्यो’

रेखा थापाले आफू गर्भवती भएको सार्वजनिक गर्दै भनिन्- ‘यस्तो अवस्थामा झन् धेरै काम गर्ने जाँगर चल्यो’

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री रेखा थापाले आफ्नो गर्भ अवस्थाको अनुभव पहिलो पटक मिडियामा सार्वजनिक गरेकी छिन्।  उनले गर्भवती अवस्थामा नै फिल्म ‘उपहार’को सुटिङ सकाएको भन्दै गर्भवती अवस्थामा झन् धेरै काम गर्ने उत्साह बढेको बताएकी हुन्।

उनले चैतमा गर्ने भनिएको सुटिङ भदौमा सरेपछि आफ्नो ठाउँमा अर्को हिरोइन खोज्नुपर्ने हो कि भने भन्ने लागेता पनि काम सहजता पूर्वक नै सम्पन्न गरेको बताएकी हुन्। 

उनले भनिन्,‘चैतमा हाम्रो सुटिङ थियो त्यो बेला अझै दुब्लाएको थिए फिल्मको लागि, तर भदौमा जाने बित्तिकै गर्भवती थिए। मैले सुनेको अनुसार मानिस गर्भवती हुँदा काम गर्न गाह्राे हुन्छ। ३-४ महिना आराम गर्नुपर्छ भन्ने सुनेको थिए। त्यसैले मेरो ठाउँमा अर्को कुनै हिरोइन खोज्नुपर्ने भयो मैले सकिन भने भन्ने लागेको थियो। केही गाह्राे फिल भएन कहिलेकाँहि शरीरले फरक अनुभव गरेको जस्तो भयो तर काम गर्दा उर्जा झन बढि अनुभव गरेको थिए।  मुड परिवर्तन हुने त स्वभाविक हो।’

अभिनेत्री रेखा थापाले गर्भावस्था कुनै रोग नभएको भन्दै यसलाई उत्सवको रुपमा मनाउनुपर्ने बताइन्। उनले भनिन्,‘गर्भावस्था कुनै विमार रोग होइन। मैले के बुझे भने गर्भावस्था झन उत्सवको रुपमा मनाउनु पर्ने रहेछ।’

चार महिनाकी गर्भवती रहेकी उनले यही अवस्थामा सुटिङ पूरा गरेकी छिन्। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘उपहार’मा उनको मुख्य भूमिका रहेको छ। 

Skip This
Skip This
Logo