दसैँको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- चिनीकाे सहज आपूर्ति गर्न लागिपरेका छाैँ

दसैँको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- चिनीकाे सहज आपूर्ति गर्न लागिपरेका छाैँ

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्व नजिकिएसँगै खाद्यान्न अभाव, महंगी नियन्त्रण जस्ता कामहरुमा सरकार लागिरहेको बताएका छन् । 

बिहीबार दसैँको अवसरका शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले सबै सांस्कृतिक पर्वहरुले नेपालीहरु जो जहाँ गए पनि एउटै सूत्रमा बाँध्ने काम गरेको बताएका हुन् । उनले भने, ‘खाद्यान्न आपूर्ति तथा चिनीको समस्या आजदेखि  हल हुने भएको छ । त्यसका साथसाथै महंगीले गर्दा जनतालाई अलि असहज हुन्छ कि भन्ने थियो । त्यसकारण जनताको लागि सुपथ व्यवस्थादेखि कृत्तिम अभाव र महंगी नहोस् भन्नका लागि अनुगमन प्रक्रियालाई अझ बढी प्रभावकारी बनाउने कोसिस गरिएको छ ।’

प्रधानमन्त्री प्रचण्डले थपे, ‘यी सबै सांस्कृतिक पर्वहरु नै हुन् जसले हामी नेपालीहरु जो जहाँ गए पनि एउटै सूत्रमा बाँध्ने काममा महत्वपूर्ण भूमिका खेलेको छ ।’

यस्ता ऐतिहासिक सांस्कृतिक पर्वहरुको सम्बन्धमा देशमा कुनै अप्रिय घटना नहोस्, जनतालाई कुनै असुविधा नहोस्, खाद्यान्न लगायत उपभोग्य बस्तुहरु सहज आपूर्ति र निरन्तर भइरहोस् भन्ने कुरामा सरकार जिम्मेवार रहेको उनको भनाई छ ।

Logo