सानिमा बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न

सानिमा बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न

केन्द्रबिन्दु
0
Shares

सानिमा बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीवार काठमाडौंकाे कुण्डलिनी दरबार ब्याङ्गवेटमा साधारणसभा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ सहित गरी ५ दशमलव ७० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु सभाले पारित गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा रु. २.६१ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २१५.६४ अर्ब, कुल निक्षेप रु. १७८.८५ अर्ब तथा खुद कर्जा सापटी रु १४९.८७ अर्ब रहेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १२.५६, ५.७८ र १२.०२ प्रतिशतले वृद्धि गरेको छ ।

Skip This
Skip This
Logo