एनआरएनए चुनावमा सिस्टम ह्याक गरेर बद्रीलाई जिताइएको प्रतिस्पर्धीको आरोप

एनआरएनए चुनावमा सिस्टम ह्याक गरेर बद्रीलाई जिताइएको प्रतिस्पर्धीको आरोप

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा.बद्री केसी विजयी भएको घोषणासँगै तनाव भएको छ।

केसीसँग प्रतिस्पर्धा गरेका आरके शर्मा र महेश श्रेष्ठले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन्। महासचिवका उम्मेदवार डा.केशव पौडेललाई काठमाडौँबाट झरेको मत शून्य देखाएपछि उनीहरूले शंका गरेका हुन्। 

उक्त मत परिणाम हेर्दा काठमाडौँबाट पौडेल आफैंले आफैंलाई मत नदिएको परिणाम देखाएको थियो। ताकि काठमाडौँबाट मात्रै ८ सय बढी मत खसेको थियो।

काठमाडौँबाट झरेको मत शून्य देखाइएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन्। काठमाडौँबाट ८०० भन्दा धेरैले मत खसालेका थिए। उम्मेदवार आफैंले आफैंलाई भोट नहाल्ने अवस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति आक्रोश व्यक्त भएको हो।

केसी १३७८ मत ल्याएर विजयी भएको घोषणा गरिएको छ भने आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ। मत परिणाम घोषणासँगै शर्मा र श्रेष्ठले नतिजा स्वीकार नगर्ने बताएका छन्। उनीहरूले अब कानुनी प्रक्रियामा जाने बताएका छन्।

'यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ’ श्रेष्ठले मतदातालाई सम्बोधन गर्दै भने। 'अब एनआरएनए शून्यमा गयो। परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्छ। अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याइयो' शर्माले भने।

Skip This
Skip This
Logo