एनआरएनको निर्वाचन परिणाम स्वीकार गर्दैनौँः महेश श्रेष्ठ

एनआरएनको निर्वाचन परिणाम स्वीकार गर्दैनौँः महेश श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ(एनआरएनए) थप विवादमा मुछिएको छ। काठमाडौँमा जारी ११औँ महाधिवेशनका क्रममा भएको मतदानमा धाँधली भएको दावी गर्दै प्रतिस्पर्धामा उत्रिएको दुई समूहले निर्वाचनको परिणाम अस्वीकार गरेको हाे।

मुख्य प्रतिस्पर्धी महेशकुमार श्रेष्ठको टिम महेशबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका डा.केशव पौडेललाई भौतिक उपस्थितिमा गरिएको मतदानमा उनको पक्षमा शून्य मत खसेपछि अनलाइन भोटिङ सिस्टम ह्याक गरेर डा.बद्री केसीलाई अध्यक्षमा चुनाव जिताइएको उनीहरुको आरोप छ।

श्रेष्ठले मत परिणाम नमान्ने घोषणा गरेका छन्। उनले भने,‘एनआरएन चुनावको नतिजामा गम्भीर धोकाधडी भएको छ। यो नतिजा हामी मान्दैनौँ । भेरोको नाउँमा अनलाइन सिस्टम कब्जा गरिएको छ र अध्यक्षका उम्मेदवारले पाएको मत मात्रै जोड्ने हो भने मतदाताको संख्या भन्दा बढी हुन्छ। यस्तो निर्वाचन परिणाम स्वीकार गर्न सक्ने कुनै आधार छैन।’

त्यस्तै अध्यक्षका अर्का उम्मेदवार आरके शर्माले एनआरएनएमा माफिया तन्त्र मौलाएको भन्दै अनलाइन मतदान सिस्टम कब्जा गरेको आरोप लगाए। उपाध्यक्षका उम्मेदवार डा.केशव पौडेलले माफिया तन्त्र र सिन्डिकेट हाबी भएको र निर्वाचनमा षड्यन्त्र गरी बनावटी परिणाम सार्वजनिक गरिएको आरोप लगाए।

Skip This
Skip This
Logo