राष्ट्रपति सीको कूटनीतिक विचारधाराबारे पुस्तक प्रकाशन

राष्ट्रपति सीको कूटनीतिक विचारधाराबारे पुस्तक प्रकाशन

केन्द्रबिन्दु
0
Shares

‘कूटनीतिमा सी विचारधारा’ नामक पुस्तक प्रकाशित भएको छ । 

दश भागमा विभाजित पुस्तकमा ४८ वटा प्रश्नको उत्तरसहित उनका विचारलाई समेटिएको छ । सो पुस्तकमा सीका विचारको महत्त्व, वैज्ञानिक प्रणाली, सार र प्रभावहरू साथै यसको अभ्यासको लागि आवश्यकतालगायतका विषयको व्याख्या समावेश गरिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रचार विभाग र विदेश मन्त्रालयद्वारा सङ्कलित सम्पादित यस पुस्तकले पार्टीका सदस्य, पदाधिकारी र जनतालाई पार्टीका नवीन सिद्धान्तको अध्ययन र विवेचना गर्दै त्यसलाई अझ गहिरो गरी बुझ्न मद्दत गर्ने अपेक्षा गरिएको छ । -सिन्ह्वा

Logo