दर्ता नभएका मोबाइल १५ दिनमा ‘ब्लक’ हुने

दर्ता नभएका मोबाइल १५ दिनमा ‘ब्लक’ हुने

केन्द्रबिन्दु
0
Shares

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता नभएका मोबाइल फोन ‘ब्लक’ हुने बताएको छ। प्राधिकरणले गत जेठ १ गतेदेखि नै एमडीएमएस प्रणाली सञ्चालनमा ल्याएको बताएको हाे।

प्राधिकरणले शनिबार एक सूचना जारी गर्दै अबको १५ दिनपछि एमडीएमएस प्रणालीमा दर्ता नभएका फोनमा सीम कार्ड नचल्ने र ब्लक गरिने बताएको छ। 

प्राधिकरणले यसअघि पनि पटकपटक एमडीएमस लागु गर्ने प्रयास गरे पनि सफल भएको छैन। करिब ५० लाखको संख्यामा रहेका फोन एमडीएमएस प्रणालीमा दर्ता छैनन्।

फोन दर्ता गर्न आइफोन र एक लाखमाथिका फोनका लागि १० हजार, स्मार्टफोनका लागि ३ हजार र अन्यका लागि २०० रुपैयाँ शुल्क ताेकेकाे छ। 

Logo