मङ्गोलियाको एक घरमा आगलागी हुँदा सातको मृत्यु

मङ्गोलियाको एक घरमा आगलागी हुँदा सातको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मङ्गोलियाको राजधानी उलान बाटोरमा बिहीबार बिहान एक भवनमा भएको आगलागीमा परी सात जनाको मत्यु भएको आपत्कालीन व्यवस्थापन एजेन्सीले बताएको छ । 

स्थायीय समयअनुसार बिहान करिब ३ः५० बजे आगलागी भएको सोङ्गिनोखैरखान जिल्लामा रहेको आपत्कालीन एजेन्सीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेका समेत एजेन्सीले उल्लेख गरेको छ । 

चिसो मौसम सुरु भएसँगै घरलाई न्यानो राख्न आगो बाल्ने गरिएकाले घरमा आगलागी भएको हुनसक्ने एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार राजधानीको आधाभन्दा बढी जनसङ्ख्या सहरका ग्रामीण जिल्लामा बसोबास गर्छन, जहाँ पानी तताउने तथा ढल निकासको व्यवस्था छैन । -सिन्ह्वा

Skip This
Skip This
Logo