संयुक्त राष्ट्रसङ्घीय प्रमुखद्वारा हमास आक्रमणलाई औचित्य दिएको आरोपको खण्डन

संयुक्त राष्ट्रसङ्घीय प्रमुखद्वारा हमास आक्रमणलाई औचित्य दिएको आरोपको खण्डन

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले हमास आक्रमणको समर्थन गरेको आरोप लगाउने वरिष्ठ इजराइली कूटनीतिज्ञहरूले गरेको आकलनलाई स्पष्टरूपमा अस्वीकार गरेका छन् । 

इजराइजली कूटनीतिज्ञहरूले सुरक्षा परिषद्मा अक्टोबर ७ मा हमाले गरेको आक्रमणलाई महासचिव गुटेर्रेसले समर्थन गरेको आरोप लगाएका थिए । 

इजराइल र प्यालेस्टाइनको बीचमा बढ्दो सङ्कटलाई लिएर मङ्गलबार भएको बैठकलाई सम्बोधन गर्दै सुयक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले हमासले गरेको ‘भीषण’ आक्रमण कुनै पनि हालतमा औचित्यपूर्ण हुन नसक्ने बताए । उनले हमासले गरेको आक्रमणकै कारण गाजामा बमबारी र घेराबन्दी भएको भन्दै प्यालेस्टिनीहरू ‘शून्य अवस्थामा थिएनन्’ भन्ने पहिचान गर्नु महत्वपूर्ण हो र उनीहरूलाई सामूहिक सजाय दिनु उचित होइन भने । 

मङ्गलबार गुटर्रेसको सम्बोधनपछि संयुक्त राष्ट्रसङ्घका लागि इजराइलका स्थायी प्रतितिधि गिलाड एर्डनले ट्वीट गर्दै भने, “महासचिवको सम्बोधनले हमासको क्रुर आक्रमणलाई औचित्यपूर्ण ठहर गर्न खोजेको थियो, हमास आक्रमणमा करिब एक हजार चार सय मानिस मारिए, जसमा सर्वसाधारणनै बढी थिए ।” उनले महासचिवको राजीनामासमेत माग गरेका थिए । 

यसका साथै महासचिव गुटेर्रेसको भिसासमेत रोक्ने चेतावनी दिएका थिए । 
   
यस्तै इजराइलका विदेशमन्त्री एली कोहेनले पनि गुटेर्रेसले हमासको आतङ्कवादलाई समर्थन गरेको आरोप लगाए । साथै उनले मङ्गलबार महासचिवसँगको निर्धारित बैठक रद्द गरे । 

बैठकपछि मङ्गलबार नै महासचिव गुटेर्रेसले हमासले बन्धक बनाएका् केही परिवारलाई भेटे र गाजाभित्र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरी बन्दी बनाएका सबैको बिना सर्त रिहाइका लागि आह्वानसमेत गरेका थिए । 
 
बुधबार बिहान सुरक्षा परिषद्बाहिर पत्रकारहरूसँग उनले भने, “मेरो केही भनाइलाई गलत तरिकाले प्रस्तुत गरिँदा म स्तब्ध भएको छु ।” आफूले वास्तवमै प्यालेस्टिनी गुनासोका बारेमा बोलेको उल्लेख गर्दै उनले प्यालेस्टिनी जनताको गुनासोले हमासको भयानक आक्रमणलाई न्याय दिन नसक्ने आफूले सुरक्षा परिषद्मा भनेको बताए । -सिन्ह्वा 

Skip This
Skip This
Logo