यसअघि नै तय भएको नेकपा एमालेको चियापान एक दिन पर सरेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण एमालेले आफ्नो चियापान एक दिन पर सारेको हो। उक्त चियापान कार्यक्रम १४ गतेका लागि तय गरिएकाे थियाे।
एमालेका कार्यालय सचिव भिष्म अधिकारीका अनुसार अब सो चियापान कात्तिक १५ गते मात्रै हुनेछ। ‘नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड केपी शर्मा ओलीको तर्फबाट दसैँ, तिहार, छठ लगायत पर्वहरुको अवसरमा १४ कात्तिक २०८० मा शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखिएको यहाँहरुलाई अवगत नै छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दे १५ कात्तिक २०८० मा आयोजना गर्ने निर्णय भएको छ।’
उनका अनुसार सो चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ठिक १२ः १५ बजेबाट सुरु हुनेछ ।





























प्रतिक्रिया