करण केसी चुनिए सिरिजका सर्वोत्कृष्ट खेलाडी

करण केसी चुनिए सिरिजका सर्वोत्कृष्ट खेलाडी

केन्द्रबिन्दु
0
Shares

नेपालका तीव्र गतिका बलर करण केसी त्रिकोणात्मक टि२० आई सिरिजमा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको फाइनलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित हुँदै उपाधिबाट वञ्चित भएपनि करण सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनले पल्सरको १ सय ६० सिसीको मोटरसाइकल पाएका छन् । 

करणले ५ खेलमा १० विकेट लिएका थिए । करणले पहिलो खेलमा युएईसँग ३, दोस्रो खेलमा हङकङसँग ४, तेस्रो खेलमा हङकङविरुद्ध २ र युएईविरुद्ध एक विकेट लिएका थिए । तर, उनले आज महत्वपूर्ण खेलमा भने विकेट लिन सकेनन् ।  

फाइनल खेलमा युएई नेपाललाई चार विकेटले हराउँदै च्याम्पियन बनेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो । मध्यम लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएकाे युएईले १९.५ ओभरमा ६ विकेट गुमाएर विजय लक्ष्य पार गरेको हो । तर, यसअघि भएको लिगको खेलमा नेपाललले पहिलो खेलमा युएईलाई ७ विकेट पराजित गरेको थियो भने दोस्रो खेलमा ५ विकेटले हराएको थियो । 

Logo