आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० कात्तिक ११ गते शनिबार। २८ अक्टोबर २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
प्रेममा बाधाका साथै मन कमजोर रहनेछ। आर्थिक सङ्कटले आउला र मनमा छटपटी व्याप्त हुनसक्छ, तर साँझमा धन लाभ हुनसक्छ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज रमणीय र सुखद् यात्राको योग छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मनोरञ्जनमा सहभागी भइएला। विपरीत वर्ग प्रति आकर्षण पनि बढ्ला।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। दिनको उत्तरार्धमा भने अधिक धन खर्च हुनेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। शुभकार्यको चर्चा चल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज सामान हराउने वा चोरी हुने सम्भावना छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज बोलीको चातुर्यले काम बन्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। कृषि बजारले पनि साथ दिनेछ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ। चिताएको कामले तीव्रता लिनेछ। नयाँ कामको थालनी हुनेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। घरमा अतिथिको आगमन हुनेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ। सन्तान सुख पनि मिल्नेछ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
अनावश्यक ठाउँमा धन खर्च होला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। वैदेशिक क्षेत्र कमजोर रहनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज दैनिक कार्यमा प्रगति हुनेछ ।नयाँ कार्यको योजना बन्नेछ। नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ। धार्मिक यात्राको योग पनि छ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। प्रेममा मधुरता छाउनेछ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ। वित्तिय संस्थाबाट सहयोग मिल्नेछ। स्वादिष्ट भोजन पनि पाइनेछ।

Logo