अमेरिकाद्वारा इरानमा लगातार एघारौँ रात हवाई हमला

अमेरिकाद्वारा इरानमा लगातार एघारौँ रात हवाई हमला

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । अमेरिकाले इरानमा मंगलबार राति पनि हवाई आक्रमण गरेको छ। युद्धविराम भंगभएयता अमेरिकाले इरानमा आक्रमण गरेको यो लगातार ११औँ रात हो।

पछिल्लो चरणको हमला एक घण्टाभन्दा बढी समयसम्म चलेको थियो। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘हर्मुज स्ट्रेटमा व्यावसायिक ढुवानीलाई धम्की दिने इरानको क्षमता अझ कमजोर बनाउन विमान ह्याङ्गर, ड्रोन भण्डार र सञ्चालन केन्द्रमा प्रहार गरिएको छ।’

उता इरानी अधिकारीहरूले पनि एकसाथ देशका चाबहार, कोनारक, तब्रिज, बेहबहान र ओमिदिएहमा हमला गरिएको बताएका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आणविक स्थल, पिकाक्स माउन्टेनमा “चाँडै र भीषण” आक्रमण गर्ने सम्भावना रहेको बताएका छन्। यसैबिच इरानले आक्रमण जारी रहे मध्यपूर्वमा युद्ध अझ चर्किन सक्ने चेतावनी दिएको छ।

Logo